धनकुटा : धनकुटा नगरपालिका ९ मुलघाटमा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा नियन्त्रण लिएको छ ।
को १ ख ३३६७ नम्बरको मिनी ट्रकबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा ट्रक भित्रबाट ठूलो परिणामको गाँजा बरामद भएको धनकुटा प्रहरीका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
१७ वटा बोरामा ‘प्याक’ गरिएको गाँजा बिहान ५ः३० बजेतिर बरामद गरिएको उनले बताए ।
उनका अनुसार गाँजासहितको ट्रक भने मुलघाटकै सिरसिरे भन्ने ठाउँमा छाडेर चालक फरार बनेका छन् । फरार रहेका चालकको खोजी तीव्र पारिएको जानकारी कोइरालाले दिए ।












Discussion about this post