धरान : धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) विरुद्व पत्रकारहरूले सांकेतिक विरोध गरेका छन् ।
सोमबार धरान उपमहानगरअगाडि नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वमा पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् ।
पत्रकार तथा सञ्चार संस्थाप्रति धरानका मेयर साम्पाङले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति पत्रकारहरू असुरक्षित भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको महासंघले पहिलो चरणको आन्दोलन स्वरूप आज चौथो दिन मौन जुलुस प्रदर्शन गरेको हो ।
प्रेस स्वतन्त्रतालाई सम्मान गर, तिमी शासक कि जनप्रतिनिधि ?, स्वतन्त्र पूर्वक बोल्न र लेख्न देऊ, प्रेस स्वतन्त्रताका रक्षा गर लगाएको प्ले कार्ड छातीमा भिरेर पत्रकारहरूको भानुचोकबाट सुरु भएको मौन जुलुस उपमहानगरपालिकाको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।
केही दिनयता सुनसरीका पत्रकारहरू मेयर साम्पाङविरुद्व आन्दोलित बनेका छन् ।
Discussion about this post