विराटनगर : विराटनगर महानगरपालिका १७ बाट तीन लाख भन्दा बढीको अबैध सामानसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले (मंगलबार) आज दिउँसो १ बजेको समयमा को १ च ६३२८ नम्बरको मारुती भ्यानमा भारतबाट नेपालतर्फ अबैध रूपमा ल्याउँदै गरेको अन्दाजी ३ लाख ६४ हजार रुपैयाँ बराबरको बिभिन्न प्रकारका मोटर पार्टसहरू बरामद गरेको हो ।
सामान बरामद भएसँगै चालक विराटनगर १७ का मोहम्मद उसवानलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post