इटहरी : कोसी प्रदेश सरकारले प्रदेशसभाको आगामी बजेट अधिवेशन जेठ १४ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने भएको छ ।
कोसी प्रदेश सरकार मन्त्रीपरिषद्को सोमबार (आज) बसेको बैठकले उक्त निर्णय गरेको हो ।
‘प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले भने, ‘मन्त्रिपरिषद्को उक्त निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै प्रदेश प्रमुख प्रशुराम खापुङलाई जानकारी गराउनु भएको छ ।’
बैठकले प्रदेश निजामती सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० लाई प्रदेशसभामा पेश गर्ने समेत निर्णय गरेको उनले जानकारी दिए ।
यसैगरी स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई पनि प्रदेशसभामा पेश गर्ने निर्णय गरेको बताइएको छ ।














Discussion about this post