मोरङ : मोरङको जहदा गाउँपालिका ५ की एक महिलाले छोराछोरीलाई विषादी खुवाएर आत्महत्याको प्रयास गरेकी छन् ।
जहदा गाउँपालिका ५ मझारेकी २२ वर्षीया अनीता महतोले ५ वर्षीया छोरी र ३ वर्षीय छोरालाई मंगलबार विषादी खुवाएकी थिइन् ।
प्रहरीका अनुसार त्यसपछि उनी आफूले आत्महत्या प्रयास गरेकी थिइन् ।
अनीताले मकैमा प्रयोग गरिने किटनासक औषधि छोराछोरीलाई खुवाएर आँफूले पनि त्यही औषधि सेवन गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
५ वर्षीया छोरी माधुरी र ३ वर्षका छोरा लीलाराजलाई उनले विषादी खुवाएकी थिइन् । उनीहरूलाई खुवाएपछि आँफूले पनि त्यही विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेको प्रहरीको भनाइ छ ।
विषादी प्रयोगपछि सबैको उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post