इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले चालू आर्थिक वर्षको ९ महिनामा १२ हजार १ सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ।
कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा उक्त संख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
कार्यालयले सोही अवधिमा ११ हजार ३ सय ३९ थान नागरिकताको प्रतिलिपि वितरण गरेको छ। चालू आवको पहिलो ९ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कूल २३ हजार ५ सय १६ थान नागरिकता वितरण भएको प्रजिअ पाण्डेले बताइन्।
यो अवधिमा ३ सय ८५ वटा मुद्दा दर्ता भएका छन् भने २ सय ४४ मुद्दा फछ्र्योट भएको उनले बताइन् । प्रशासनले जारी गरेको प्रगति विवरणानुसार जिल्ला प्रशासन कार्यालयमार्फत पछिल्लो ९ महिनाको अवधिमा ११ हजार ३ सय ९ वटा राहदानी वितरण गरेको छ।
त्यसैगरी राहदानीका लागि १६ हजार ९२ थान निवेदन दर्ता भएका छन् भने ६६ वटा राहदानी विभागमा सिफारिस गरिएको छ।
सोही अवधिमा प्रशासनमार्फत जम्मा २० लाख १३ हजार ७ सय ५० बराबरको राहत वितरण गरेको छ भने असहाय एवम् विपन्न परिवारका ५ सय ३५ जनालाई कम्बल वितरण गरेको उनको भनाइ छ।
सोही अवधिमा २४ वटा बजार अनुगमन, १३ वटा सार्वजनिक निकायको अनुगमन, सुरक्षा निकाय ३९ र जिल्ला सुरक्षा समिति ३२ वटा अनुगमन गरेको प्रजिअ पाण्डेले जानकारी दिइन्।














Discussion about this post