विराटनगर : विराटनगर महानगरपालिका १५ बाट १० लाख भन्दा बढीको अवैध समान ओसारपसारमा संग्लग्न रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले सुनसरीको गढी गाउँपालिका २ का २६ वर्षीय सुरज चौधरी र भारतीय नागरिक ४० वर्षीय ओमप्रकाश यादवलाई मंगलबार (आज) बिहान अवैध रूपमा ओसारपसार भइरहेको सामानसहित पक्राउ गरेको हो
। बा १८ च १८९५ नम्बरको कारमा सवार रहेका उनीहरूलाई चेकजाँच गर्दा गाडीभित्र विभिन्न किसिमका गाडीका पार्ट पुर्जाहरू गरी अन्दाजी १० लाख ८५ हजार रुपैयाँ बराबरको समान बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post