इटहरी : नेपाली कांग्रेस कोसी प्रदेशका १४ वटै जिल्ला सभापतिले कोसी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् ।
प्रदेशभरका १४ जिल्लाका कांग्रेस सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यो विरोधको सुनुवाइ नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ ।’
विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, सुनसरी सभापति केदार भण्डारी, झापाका सभापति देउकुमार थेबे, खोटाङ सभापति विष्णुकुमार राई, उदयपुर सभापति हिमाल कार्की, संखुवासभाका सभापति दीपक खड्का र ओखलढुंगा सभापति तेजेन्द्र खनालको हस्ताक्षर छ ।
यस्तै, सोलुखुम्बु सभापति नामगेल जाङ्बु शेर्पा, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, इलाम सभापति डम्बर खड्का, पाँचथर सभापति रुपनारायण जगेबु, धनकुटा सभापति दिनेश राई, भोजपुर सभापति विनोद राई वान्तवा र ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।




















Discussion about this post