मोरङ : मोरङको केराबारी गाउँपालिका २ सिंहदेवीमा पिकअप गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
केराबारी–राजारानी सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ज १७३६ नम्बरको खाली पिकअप मंगलबार राति दुर्घटनामा परेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा चालक केराबारी २ का २८ वर्षीय मणि राईको मृत्यु भएको हो ।
राईको शव सडकबाट लगभग ७० फिटजति तल फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले बुधबार बिहान घटनाको जानकारी दिएपछि प्रहरी टोली प्रहरीलाई पुगेको थियो।
आफैँ अनियन्त्रित भएर पिकअप दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।
शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ। घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।












Discussion about this post