मोरङ : मोरङ कारागारमा रहेका एकजना बन्दीको मृत्यु भएको छ ।
लागूऔषध मुद्दामा कारागारमा रहेका मोरङको जहदा गाउँपालिका १ भुटाहाका २८ वर्षीय मुन्ना मलाहको बिहीबार (आज) मृत्यु भएको हो ।
पेट दुख्ने समस्या भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post