Sunday, June 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

असोजमै लाग्नुपर्ने ठेक्का जेष्ठ तेस्रो सातासम्म पनि सम्झौता भएन, पाँच करोड गुमाउँदै मिक्लाजुङ गाउँपालिका

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८०
in टाकुरा विशेष, समाचार
0
असोजमै लाग्नुपर्ने ठेक्का जेष्ठ तेस्रो सातासम्म पनि सम्झौता भएन, पाँच करोड गुमाउँदै मिक्लाजुङ गाउँपालिका
109
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिकाले यसअघि विभिन्न मितिमा तीनपटकसम्म खोला ठेक्का लगाउने सूचना जारी ग¥यो । तर, तीनपटकसम्म खोला ठेक्का नलागेपछि गत चैत १२ गते ठेक्काको आह्वान गर्दै पुनः सूचना खुलायो ।

यसपटक भने इटहरीको पाथीभरा कन्ट्रक्सनले ठेक्काका लागि आवश्यक कागजात पेश ग¥यो । एउटा मात्रै कम्पनीले ठेक्काका लागि कागजात पेश गरेपछि पालिकाले सम्झौता गर्न आउनेबारे आशय व्यक्त ग¥यो ।

आशय व्यक्त गरेसँगै पाथीभरा कन्ट्रक्सनले चार करोड ५० लाख ५५ हजार रुपैयाँ पालिकामा जम्मा ग¥यो । जबकि, पालिकाले सम्झौता गर्न आशय व्यक्त गरेको १५ दिनभित्र ठेकदार पक्ष र पालिकाबीच सम्झौता गर्नुपर्ने भएपनि हालसम्म सम्झौता भएको छैन । यससँगै पालिकाले पाँच करोड गुमाउने लगभग निश्चित जस्तै भएको छ ।

गाउँपालिका अध्यक्ष बबि कुमार राईले प्राविधिक कारणले गर्दा हालसम्म सम्झौता नभएको बताए ।

‘टेक्निकल कुराले गर्दा दुवैतर्फबाट ढिलो भयो, ठेकदार पक्षबाट पनि ढिलाइ भयो,’ राईले भने, ‘अब १२ दिन बाँकी रहँदा कसरी सम्झौता गरेर काम गर्ने भन्ने चुनौती छ ।’

खोलाको उत्खनन गर्दा वातावरणीय प्रतिवेदन (आईईई) अनुसार हुनुपर्ने र गाउँलेको पनि मनोभावना बुझ्नुपर्ने भएकाले समस्या उत्पन्न भएको उनले बताए ।

‘ठेकदार र पालिकाबीच अलिकति ट्विस्ट भएकाले पनि ढिलाइ भयो,’ अब १० दिनको समयमा पाँच करोड बराबरको उत्खनन गर्दा समस्या हुन्छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘यो विषयमा धेरै चुनौती छ । आईईई रिपोर्टअनुसार कानुन बमोजिम काम गर्नुपर्छ ।’

गाउँपालिका अध्यक्ष बबि कुमार राई ।

वातवरणीय प्रतिवेदनअनुसार दिनमा ३०० घनमिटर मात्रै खोला उत्खनन गर्न पाइन्छ । असोजदेखि जेठ मसान्तसम्म खोला उत्खनन गर्न पाइने भएपनि पालिकाको बक्रा खोलामा भने अन्तिम समयसम्म पनि सम्झौता हुन नसक्दा पालिकाले आफ्नो आन्तरिक आम्दानी गुमाउनसक्ने पालिका अध्यक्ष स्वयम् स्वीकार गर्छन् ।

‘ठेकदार पक्ष र हामीबीच सम्झौता नभएपछि केही दिनअघि ठेक्का रद्वको निवेदन पनि परेको छ,’ राईले भने, ‘अहिले हामी कानुनी परामर्श गरिरहेका छौँ । अब ठेक्का रद्व गरेर अगाडि बढ्ने कि, यतिका समयमा सम्झौता गरेर खोला उत्खनन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको छ ।’

नौ महिनामा खोला उत्खनन गर्नुपर्ने भएपनि अन्तिम समयसम्म ठेक्का नलाग्नु दुवै पक्षको कमजोरी रहेको राईले बताए ।

गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले समयमा दुवै पक्षबाट काम नभएकाले पनि हालसम्म सम्झौता नभएको बताए ।

हाल विभाजीय खातामा साढे चार करोड जम्मा भएको र अब सम्झौता नभए कानुनअनुसार अगाडि बढिने बताए ।

‘गाउँपालिकाको विभाजीय खातामा जम्मा भएको पैसा फिर्ता गर्न सकिदैँन भने उहाँलाई राज्यले के व्यवस्था गर्छ त्यो अनुसार अगाडि बढ्नुपर्छ,’ उपाध्यक्ष पौडेलले भने, ‘हाम्रो तहबाट भन्दा त उहाँहरूको पनि पैसा डुब्नुभएन । कार्यालय पनि कानुनी रुपबाट पछाडि पर्नुभएन ।’

गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल ।

राजस्वको पैसा पनि व्यवस्थापन हुनुपर्ने र ठेकदार पक्षलाई अन्यायमा पार्न नहुने उनको भनाइ छ । उक्त समस्या कार्यपालिका वा गाउँसभाबाट समाधान गर्न कानुनले दिएमा आँफूहरूले सहयोग गर्ने पौडेलले बताए ।

यता, प्रशासकीय अधिकृत डम्मरु बल्लभ बरालले चैत १२ गते सूचना खुलाएर वैशाख १२ गतेसम्म एक महिना पूरा भएको र सम्झौताका लागि आशय लेखिएको बताए । सम्झौताका लागि पैसा जम्मा गर्न भनिएको र पैसा जम्मा गर्नका लागि समय बितेकाले हालसम्म सम्झौता नभएको बरालले बताए ।

‘स्थानीयबासीबाट नौ महिनामा खन्नुपर्ने खोला एक महिनामा खन्दा समस्या हुन्छ भन्ने कुरा पनि उठेकाले समस्या भयो,’ उनले भने, ‘हामीले पब्लिकसँग पनि समन्वय र छलफल गर्यौँ । स्थानीयले कुलो र पैनी मिच्ने कुरा पनि गरेपछि गुनासो बढ्दै गयो ।’

गाउँपालिकाका प्रशासकीय अधिकृत डम्मरु बल्लभ बराल ।

अब सम्झौता भएर खोला खनिनुपर्ने अन्यथा पालिकाबाट पैसा फिर्ता गर्नसक्ने अवस्थामा नरहेको उनले प्रष्ट्याए । यसपटक ठेक्का सम्झौता नभए आगामी असोजदेखि भने सर्वपक्षीय छलफल गरी काम गर्ने बरालले बताए ।

उता, बक्रा खोला पर्ने मिक्लाजुङ ७ का वडाध्यक्ष सुशीलराज चौहानले भने बिहीबार मात्रै खोलाको सीमांकन गरेको बताए ।

‘हामीले खन्नुपर्ने चौडाई भाग कति छ भनेर आज सीमांकन गरेका छौँ,’ चौहानले भने, ‘खोला खन्ने, नखन्ने ठेकदार पक्षको कुरा हो, हामीले ठेक्का खुलाएर प्रक्रियामा गएपछि ठेकदार पक्ष सम्झौतामा आउनुपथ्र्यो ।’

आशय पत्र दिएको १५ दिनभित्र ठेक्का सम्झौता नभएपछि प्रक्रियागत हिसाबमा धरौटी बापतको रकम जफत गर्नुपर्ने भएपनि किन यसो भनए भन्ने जिज्ञासामा वडाध्यक्ष चौहानले भने, ‘हामीले आशय पत्र दिएपछि उहाँले केही रकम जम्मा गर्नुभएको छ ।’

७ नम्बर वडाका वडाध्यक्ष सुशीलराज चौहान ।

नियमअनुसार सम्झौता गरी खोला उत्खनन गर्नुपर्ने उनले बताए । ‘एउटा नाकाबाट ३०० घनमिटर उत्खनन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अब १० दिन बाँकी रहँदा ठेकदार पक्षले पनि बुझ्ने कुरा हो ।’ पैनी क्षेत्रबाहेकका अन्य क्षेत्रमा भने खोला उत्खनन गर्न मिल्ने चौहानले बताए ।

असार, साउन र भदौदेखि खोला खन्न नपाइने भएपछि जेठ अन्तिम सातासम्म सम्झौता नभएपछि समस्या भइरहेको बताइन्छ ।

ठेक्का रद्व गरी पैसा फिर्ताको माग

ठेकदार कम्पनी पाथीभरा कन्ट्रक्सनका जीवन न्यौपानेले भने ठेक्का रद्व गरी पैसा फिर्ता हुनुपर्ने माग राख्दै निवेदन दिएको बताए ।

‘मिक्लाजुङ गाउँपालिकाले बक्रा खोलाबारे सूचना खुलाएकाले हामीले मात्रै ठेक्का हालेपछि स्वीकृत भयो,’ उनले भने, ‘चार करोड ५० लाख ५५ हजार रुपैयाँ जम्मा गरेपछि अहिलेसम्म सम्झौता भएन । अब १० दिनमा काम गर्न सम्भव नै छैन ।’

उनले दुई चरणमा उक्त रकम जम्मा गरेको बताए । ‘मैले जेठ ११ गते सम्झौता गरी पाउँ भनेर निवेदन दिएँ, सम्झौता नै नभएपछि फेरि ५ दिनमा रद्द गरी पाउँ भनेर निवेदन दिइसकेको छु,’ उनले भने, ‘आजका मितिसम्म सीमाना छुट्टाइएको छैन । आज सीमाना छुट्टाउँदैछ भन्ने सुन्दैछु । ठेकदारलाई खबर छैन ।’

चैतमा टेन्डर खुलाएर ठेक्काको आशय व्यक्त गर्ने र अहिलेसम्म सम्झौता नगर्नुले पालिकाले नियोजित रूपमा फसाउन खोजेको उनको आरोप छ ।

स्थानीबासीको चरम असन्तुष्टि

स्थानीयबासीले भने खोला उत्खननका कारण बाटोमा धुलो उड्दा चरम असन्तुष्टि व्यक्त गरेका छन् ।

असन्तुष्टि व्यक्त गर्दै बिहीबार स्थानीयबासीले उक्त बाटोमा गुड्ने टिपरलाई रोकेका छन् । घण्टौँ समयसम्म टिपर रोकेर उक्त बाटोमा कुदाउँदा पानी हाल्नुपर्ने, धूलो उड्न नहुने र स्थानीयबासीलाई असर पर्न नहुने बताएका छन् ।

मिक्लाजुङ ७ का शेरबहादुर तामाङले स्थानीय मलामीटार नजिकैको बक्रा खोलाबाट दसौँ करोडको सामान उत्खनन हुँदा स्थानीय क्षेत्रमा भने केही विकास नभएको गुनासो गरे ।

धूलो उढाएको भन्दै टिपर रोकेर विरोध जनाउँदै स्थानीयबासी ।

‘यत्रो सामान बाहिर जाँदा यो क्षेत्रमा केही विकास हुँदैन,’ चरम असन्तुष्टि व्यक्त गर्दै उनले भने, ‘बाटोमा धूलो उड्छ, पानी पनि हालिदैँन, दिनमा पचासौँ वटा टिपर गुड्दा नाला, पैनीमा पनि असर गर्छ ।’

स्थानीय गिरिराज निरौलाले टिपरका कारण बाटोमा स्कूले विद्यार्थीलाई असर पुगेको बताए । ‘पानी नहाल्दा धूलो हुन्छ, पानी हाल्दा हिलो,’ उनले भने, ‘हाम्रा बालबच्चा राम्रोसँग विद्यालय पनि जान पाएका छैनन् । यसैकारण टिपर रोक्न बाध्य भएका हौँ ।’

स्थानीयबासी चन्द्रबहादुर बानियाँ, रनबहादुर सक्तेन, नवीन राई लगायतले पालिकाको कमजोरीका कारण बर्षौँदेखि समस्या खेप्दै आएको गुनासो गरे । ‘पालिकाले काम हुन्छ भनेर आश्वासन मात्रै देखाइरहन्छ,’ स्थानीय रनबहादुरले भने, ‘धूलोमैलो हुन्छ, धेरै टिपर कुद्दा झनै समस्या हुन्छ ।’

धूलो उढाएको भन्दै टिपर रोकेर विरोध जनाउँदै स्थानीयबासी ।
बक्रा खोला ।
Tags: टाकुरा विशेषठेक्काबक्रा खोलामिक्लाजुङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की
समाचार

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

झापा " कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूऔषध दुर्व्यसन र मौसमजन्य विपद् नेपालका गम्भीर चुनौतीका रूपमा देखापरेको भन्दै यसको रोकथाम...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु
समाचार

झापाको बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

झापा : झापाको कन्काई नगरपालिका–८ स्थित बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कन्काई–१ की ५ वर्षीया...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी : मुख्यमन्त्री कार्यालयका जिन्सीमाथि शंका, ३० ल्यापटप र १४ मोबाइलको यथार्थ खोज्न माग

असार ६, २०८३
इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

असार ६, २०८३
इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

असार ६, २०८३
भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

असार ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

असार ६, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

झापाको बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु

असार ६, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी : मुख्यमन्त्री कार्यालयका जिन्सीमाथि शंका, ३० ल्यापटप र १४ मोबाइलको यथार्थ खोज्न माग

असार ६, २०८३
इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

असार ६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.