विराटनगर : विराटनगर महानगरपालिका १५ ढाट स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धरान उपमहानगरपालिका १५ सुनसरीका ४४ वर्षीय भेषराज कार्कीलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ४२ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post