तरहरा : नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाले सडकमै सन्देशमूलक हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको छ ।
रेडक्रसका सभापति सुमन दाहालका अनुसार विश्व वातावरण दिवसको अवसर पारेर सोमबार तरहरा चौकस्थित सडकमै सन्देशमूलक हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको हो ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सडकमा आवतजावत गर्ने मानिसहरूले पनि हाजिरीजवाफ प्रतियोगितामा सहभागी भए ।
वातावरण स्वच्छ राखौँ भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सभापति दाहालले बताए । हाजिरीजवाफपछि तरहराकै जनसहयोग माविमा वृक्षारोपण पनि गरिएको थियो ।















Discussion about this post