धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खानेपानीको अभाव भएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई एक साताको विदा दिएको छ ।
बुधबार प्रतिष्ठानका एसोसिएट डिन डा. भिम्मी सिंहले एक सूचना जारी गर्दै आवश्यकता अनुसार खानेपानीको उपलब्धता गराउन नसकिएको भन्दै निर्धारित तालिकालाई पछि सार्दै ६ जुनदेखि १३ जुन सम्मका लागि विदा दिएको जानकारी दिए ।
प्रतिष्ठानको अस्पताल, आवास क्षेत्र तथा विद्यार्थीहरू बस्ने होस्टेलमा पानीको अभावका कारण चरम समस्या भोगिरहेको भन्दै केही दिनअघि विद्यार्थीहरूले विरोध समेत गरेका थिए ।














Discussion about this post