इटहरी : इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगिता हुने भएको छ ।
जेठ २९ गतेदेखि ३२ गतेसम्म प्रदेश खेलकुद विकास बोर्ड, कोसी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रदेशिक रंगशाला, इटहरीमा प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
प्रतियोगिताको बिजेताले नगद तीन लाख र उपबिजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउनेछन् । यस्तै, उत्कृष्ट विधाहरू अन्तर्गत बेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेण्डरलाई जनही १५ हजार प्रदान गरिने बताइएको छ ।
प्रतियोगितामा तीन विभागीय टिमसहित ६ टिमको सहभागिता रहने आयोजक प्रदेश खेलकुद बिकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।
कुल २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा प्रत्येक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक ब्यवस्थापक गरी १४ जनालाई यातायात खर्च र नियमअनुसार दैनिक भ्रमणभक्ता उपलब्ध गराइने पनि आयोजकले जनाएको छ ।
अत्याधिक गर्मीको मौसम रहेकाले प्रतियोगिता रातिको समयमा आयोजना गर्न लागिएको सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष विक्रमबाबु थापाले बताए ।














Discussion about this post