विराटनगर : विराटनगर दुग्ध वितरण आयोजना (डिडिसी) ले प्याकेजिङ्ग गरी बजार पढाएको पनिर म्याद गुज्रिएको भेटिएको छ ।
अनुगमनको क्रममा शुक्रबार (आज) विराटनगरको एक पसलबाट म्याद गुज्रेको पनिर फेला परेको हो ।
चिकित्सकका अनुसार म्याद सकिएको पनिर स्वास्थ्यको लागि हानिकार मानिन्छ । तर, डिडिसीले भने उपभोक्ताको स्वास्थ्यमाथि खेलाँची गर्दै म्याद गुज्रिएको पनिर बजारमा पढाउने गरेको भेटिएको हो ।
९ महिना अगाडि म्याद गुज्रिएको पनिर विराटनगरको महेन्द्र चोकमा रहेको पवित्र डेरीमा शुक्रबार भेटिएको हो ।
पनिरको उपभोग्य मिति तीन महिनाको हुने गरेको छ । डिडिसले बजार पठाएको पनिर ९ महिना अगाडि म्याद सकिएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्यन्य अनुसन्धान अधिकृत शङ्कर न्यौपानेले बताए ।
डिडिसीले बजारमा पढाएको पनिरको उत्पादन मिति २०७९ जेठ ३ गते रहेको छ ।
यसको सकिने म्याद २०७९ भदौ ३ गते हो । तर, उपभोग्य मिति सकिएको ९ महिना पछिसम्म पनि उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्दै म्याद गुज्रेको पनिर पढाउने गरेको उपभोक्ता युवराज बरालले बताए ।
‘उपभोक्ताको स्वास्थ्य माथि डिडिसीले खेलबाड गरेको छ,’ उनले भने, ‘हामीले गन्ध आएपछि थाहा पायौँ । नभए कार्जेमा आएका सयौँ मानिसले उपभोग्य मिति सकिएको पनिर खाएर बिरामी हुने थिए । त्यसैले यस्तो गम्भीर लापरबाही गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ ।’
यहाँबाट उत्पादन हुने पनिर धरान, इटहरी, इनरुवा, विराटनगर, उर्लाबारी, बेलबारीलगायतको सहरहरूमा खपत हुने गरेको छ ।














Discussion about this post