विराटनगर : कोसी प्रदेश सरकारले बिहीबार (आज) अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि बजेट सार्वजनिक गरेको हो ।
बुधबार नीति तथा कार्यक्रम पेश गरेपछि प्रदेशसभाको बजेट अधिवेशन नै अन्त्य गरेको सरकारले बिहीबार (आज) अध्यादेश जारी गरेको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकार सम्मेलनमार्फत बजेट सार्वजनिक गरेका छन् ।
चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको उनले जनाए । ३९ अर्ब ७३ करोड बजेटको यथार्थ प्राप्ति भने ३३ अर्ब ७ करोड हुने अनुमान गरिएको छ ।
कोसीमा एमाले नेतृत्वको अल्पमतको सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गराएर बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको हो ।
सरकारले कृषि, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ ।














Discussion about this post