इटहरी : इटहरीमा तालतलैया च्यालेन्ज कप फुटबल सुरु भएको छ ।
इटहरी २ स्थिति बुढासुब्बा खेल मैदानमा प्रथम तालतलैया च्यालेन्ज कपको आयोजनामा फुटबल आज (बिहीबार)देखि सुरु भएको हो । प्रतियोगिता असार ९ गतेसम्म सञ्चालन हुने आयोजक तालतलैया फुटबल क्लबले जनाएको छ ।
उद्घाटन खेलमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरी प्रमुख अतिथि थिइन् ।
उद्घाटन खेलमा पञ्चायन फुटबल क्लब र रामधुनीबीच प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा कोसी प्रदेशका १० टिम सहभागी रहेका छन् ।
प्रतियोगितामा विजयी टिमले नगद ५१ हजार उपविजेता टिमलाई नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्बलका अध्यक्ष शंकर राईले जानकारी दिए ।
Discussion about this post