इटहरी : भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।
अघिल्लो पटकभन्दा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको निगमले जनाएको छ ।
आईओसीले निगमलाई १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार आईओसीले १५ दिनअघिको तुलनामा मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
यो पटक पेट्रोलियम पदार्थको मूल्य सामान्य बढेर आएकाले नेपालमा परिवर्तन नगर्ने निगमले जनाएको छ ।
हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।














Discussion about this post