मोरङ : मोरङको रतुवामाई नगरपालिका ६ शनिश्चरे स्थितबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री मोरङ मिक्लाजुङ गाउँपालिका ७ का १९ वर्षीय प्रबिन महल्दार सार्की र मिक्लाजुङ ६ का २१ वर्षीय केशव केसीलाई पक्राउ गरिएको हो ।
शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट प्रतिबन्धित औषधी नाईट्रोभेट १ सय ६८ पिस र १ सय ६० पिस CARISPAS फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post