धनकुटा : धनकुटामा कुटपिट गरी सासुको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटाको साँगुरीगढी ४ की स्थानीय ३२ वर्षीया विष्णुमाया लिम्बुलाई प्रहरीले हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
उनले आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र तीन दिनपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरायसी विषयमा विवाद हुँदा विष्णुमायाले सुकमायालाई कुटपिट गर्दा मृत्यु भएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post