मोरङ : मोरङको कटहरी गाउँपालिका २ मा पाहुना आएकी एकजना महिला सिंघिया खोलामा मृत अवस्थामा फेला परेकी छन् ।
सुनसरीको गढी गाउँपालिका ३ छिटाहाकी ३५ वर्षीया ठूलीदेवी चौधरी मृत भेटिएकी हुन् ।
खोलामा डुबिरहेको अवस्थामा उनी मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर ८ स्थित सिंघिया खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।
कटहरी २ आदर्श टोलमा रहेको नन्द श्यामकुमारी चौधरीको घरमा उनी सोमबार पाहुना आएकी थिइन् ।
प्रहरीका अनुसार डेढ घण्टापछि हेर्दा सुतेको ठाउँमा भाउजूलाई नदेखेपछि नन्द श्यामकुमारीले आफन्तलाई खबर गरेकी थिइन् ।
खोजीका क्रममा उनलाई खोलामा भेटिएपछि प्रहरीमा खबर गरिएको थियो ।
आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार ठूलीदेवीको शरीर काम्ने समस्या थियो ।
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल लगिएको उल्लेख गर्दै प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।













Discussion about this post