भोजपुर : भोजपुरको साल्पासिलिछो गाउँपालिका ३ का १९ वर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।
भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई आज बिहान घर नजिकै रहेको मकैवारीमा बन्दुक पड्किएर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी टोली गएर अनुसन्धान गरिरहेको छ ।
घटनास्थलमा एउटा दुम्सी मरेको अबस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको तथा रक्ताम्मे अबस्थामा मृत फेला परेकोले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।














Discussion about this post