इटहरी : कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापालाई अगाडि सार्ने निर्णय भएको छ ।
सत्तारुढ गठबन्धनको शीर्ष नेताले कोसी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।
सोमबार (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए
बैठकपछि पत्रकाहरूसँग उनले भने, हामी गठबन्धनमा भएको दलहरुको तर्फबाट नेपाली कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सल्लाह दिने निर्णय भएको छ ।’
कोसीमा गत शुक्रबार एमाले नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि पदमुक्त भएका छन् ।












Discussion about this post