विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (शुक्रबार) बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले उनलाई बिहान ९ बजे शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहणको सबै तयारी पूरा भएको जनाएको छ ।
शपथपछि मुख्यमन्त्री थापाले केही मन्त्री नियुक्त गर्दै आजै सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
कम्तीमा ३ जना मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ । कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता थापा बिहीबार प्रदेशको पाँचौं मुख्यमन्त्री नियुक्त भएका थिए ।
गठबन्धनका तर्फबाट दाबी पेश गरेका उनलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
गठबन्धनका तर्फबाट माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र सभामुख बाबुराम गौतमको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् ।












Discussion about this post