मोरङ : मोरङको कानेपोखरी गाउँपालिका ७ रंगेली सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
प्रदेश २–०१–००३ प ४९३५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुदाँ मोटरसाइकल चालक सिराहाको लाहानका २५ वर्षीय सन्तोष भुजेलको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको ट्रमासेन्टर उर्लाबारी मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार ३० वर्षीय वीरेन्द्र मगरको नोबेल अस्पाताल विराटनगरमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post