विराटनगर : विराटनगर सेन्ट्रल लियो क्लबले नोबेल मेडिकल कलेज विराटनगरसँगको सहकार्यमा लाइफ सपोर्ट तालिम आयोजना गरेको छ ।
नोबेल मेडिकल कलेजमा आयोजित तालिमको उद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ सी का डिस्ट्रि गभर्नर विजयहरी शर्माले गरे ।
तालिममा नोबेल मेडिकल कलेजका डा. रुपक, डा. बन्दना, डा. शुभम, डा. रोशन, डा. पारशमणी, डा. सागर, डा. मोनिका, डा. सन्जय, डा. निलम, डा. शेरिना, डा. शैलेश, डा. राजीव र डा. दिनेशसहितको टोलीले लियोका सदस्यहरूलाई तालिम प्रदान गरे ।
तालिमका बारेमा प्रष्ट पार्दै डा. बन्दनाले कुनैपनि दुर्घटना वा भवितव्य आइपर्दा अपनाउनुपर्ने सामान्य सुरक्षा विधिबारे प्रष्ट्याइन् ।
विराटनगर सेन्ट्रल लियो क्लबका अध्यक्ष जीवन कुमार यादवले क्लबले जीवन सुरक्षासँग सम्बन्धी विषयमा तालिम प्रदान गरिएको र तालिममा सिकेका सीपहरूलाई आवश्यक स्थानमा प्रयोग गरेर जीवन जोगाउनका लागि लियोहरू खटिनेमा आँफू विश्वस्त रहेको बताए ।
तालिममा विभिन्न लियो क्लबबाट प्रतिनिधिहरूको उपस्थिति रहेको लियो जिल्ला परिषद ३२५ सी का कोषाध्यक्ष शिवशंकर मण्डलले जानकारी दिए ।
विराटनगर सेन्ट्रल लायन्स क्लबका अध्यक्ष विमल नेपालले लायन्सले आफ्ना लियोहरूको साथसँगै रहेर काम गरिरहेको बताए ।














Discussion about this post