मोरङ :मोरङको केराबारीमा सोमबार बिहान घाँसको भारीले थिचेर एक जनाको मृत्यु भएको छ ।
केराबारी गाउँपालिका ९ देवीझोडाका ५६ वर्षीय गणेशप्रसाद सुवेदीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आफ्नै खेतमा घाँस काटेर फर्किने क्रममा बिहान घाँसको भारीले थिचेर बेहोस भएको अवस्थामा सुवेदीलाई फेला पारिएको थियो ।्
चिप्लिएर लडेपछि उठ्न नसक्दा उनलाई भारीले थिचेको हुनसक्ने अनुमान प्रहरीको छ ।
स्थानीयले उद्दार गरेर बेहोस अवस्थामा उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याएका थिए ।
अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याइएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले घटनाको अनसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।












Discussion about this post