उदयपुर : उदयपुरमा सामाजिक सञ्जालमार्फत ठगी गर्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गुडनेस इशराल नामको फेसबुक आइडीबाट उदयपुरको कटारी नगरपालिका ४ की ३६ वर्षीया सरिता तामाङलाई साथी बनाइ एक लाख तीस हजार ६२७ रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय कटारीको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको उत्तराखण्ड राज्य, जिल्ला पौडीगढवाल व्लक एमकेश्वर, पोष्ट अफिस भृगुखालका ३६ वर्षीय प्रविण भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
आइटी इन्जिनियर रहेका भट्ट पछिल्लो समय ठगी गर्ने उद्देश्यले झापाको विर्तामोड नगरपालिका ५ इन्द्रटोल बस्दै आएको अनुसन्धानबाट खुलेको छ।
त्यसैगरी सप्तरीको राजविराज नगरपालिका १ डुम्रिका २५ वर्षीय डम्बर साह, बिष्णुपुर गाउँपालिका २ सिम्रहा सप्तरीका २० वर्षीय निरजकुमार साह रहेका छन्। उनीहरू दुवैजना आइटी इन्जिनियर हुन्। प्रविण जेठ ८ गते, डम्बर असार १० र निरज जेठ २१ गते पक्राउ परेका हुन्।
त्यस्तै, गुल्मीको इस्मा गाउँपालिका ५ का ३२ वर्षीय ध्रुव थापा, मोरङको विराटनगर महनागरपालिका २० का ३७ वर्षीय हेमराज साह, झापाको झापा गाउँपालिका १ बेलैतिवारीका ३१ वर्षीय वरजहान श्रेष्ठ र बारहको कलैया उपमहानगरपालिका २० बसतपुरका २३ वर्षीय रुस्तम मन्सुरी रहेको एसपी फुयाँलले बताए।
ध्रुव असार ४, हेमराज, वरजहान र रुस्तम तीनै जना असार १३ गते पक्राउ परेका हुन्।
पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी फुयाँलले बुधबार (आज) पत्रकार सम्मेलनको आयोजना गरी सार्वजानिक गरेका हुन्।
आरोपितहरूले फेसबुकबाट लगेजलगायत अमेरिकी डलर ७० हजार पठाइदिएको छु, एयरपोर्टमा उक्त सामान रोकिएकाले जतिसक्दो चाडो एक लाख तीस हजार ६२७ रुपैयाँ पठाउनुस् अनि तपाईँको सामान पाउनुहुन्छ भन्दै प्रलोभनमा पारेका डीएसपी कार्कीले बताए।
उक्त रकम अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कर वापतको रकम रहेको बताउने गरेको अनुसन्धानबाट खुलेको छ।














Discussion about this post