मोरङ : मोरङको जहदा गाउँपालिका ३ स्थित नहरमा बेपत्ता भएका युवक बिहीबार दिउँसो मृत भेटिएका छन् ।
प्रहरीका अनुसार नहरमा बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीय गणित राजवंशी दिउँसो ४ बजेतिर मृत भेटिएका हुन् ।
जहदा–३ मा रहेको मामा घरमा बस्दै आएका उनी पौडी खेल्ने क्रममा बुधबार साँझ नहरले बगाउँदा बेपत्ता भएका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार खोजतलास गर्ने क्रममा बेपत्ता भएकै स्थाननजिक मृत फेला पारिएको हो ।
गणितसँगै पौडी खेल्न छिरेका जहदा–३ का १८ वर्षीय दिपेश राजवंशीलाई पनि नहरले बगाएको थियो ।
दिपेशलाई भने जीवितै उद्धार गर्न प्रहरी सफल भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post