तेह्रथुम : तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको हो।
पहिरोले पुरेको स्थानबाट उद्वार गरेर उपचारका लागि पाँचथर अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
पहिरोका कारण ८४ वर्षीया जसमाया खापुङ्ग, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीया करिना थलङ घाइते भएका छन् ।
घाइतेमध्ये गणेश इस्वो र राजेश थलङको जिल्ला अस्पताल पाँचथर फिदिम तथा राजेश र करिनाको प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्ति बजारमा उपचार भइरहेको छ।
अविरल वर्षाका कारण शुक्रबार दिउँसो १२ बजे देव थलङको घर पहिरोले पुरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post