इटहरी : सुनसरीमा दुई साताभित्र एक हजार चार सय १५ जनालाई वंशजको आधारमा नागरिकता वितरण गरिएको छ ।
असार १२ गतेदेखि २७ गतेसम्म एक हजार चार सय १५ जनालाई नागरिकता वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार बढ्दो भीडलाई व्यवस्थापन गर्न र कामलाई थप व्यवस्थित गर्न पालिकाअनुसार आलोपालो प्रणाली लागू गरी नागरिकता वितरण भइरहेको छ ।
पाण्डेले भीड बढेपछि दैनिक एक सय १० जनालाई सेवाप्रवाह गर्नेगरी टोकन प्रणाली लागू गरिएको बताइन् ।
Discussion about this post