Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आकाश इन्स्टिच्युटद्धारा एसईई दिएका विद्यार्थीहरूलाई शैक्षिक परामर्शसँगै विदाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ३, २०८०
in समाचार
0
आकाश इन्स्टिच्युटद्धारा एसईई दिएका विद्यार्थीहरूलाई शैक्षिक परामर्शसँगै विदाई
92
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको आकाश इन्स्टिच्युटले एसईई दिएर उच्च शिक्षा अध्ययन गर्न लागेका विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिएसँगै विदाई गरेको छ ।

बुधबार एक कार्यक्रमबीच इटहरीमा इन्सिच्युटले विदाई कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथि सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विद्यार्थीहरूले एसईई उत्तीर्ण भएपछि जुनसुकै विषय र जुनसुकै कलेज पढेपनि आफ्नो लक्ष्या बिर्सन नहुने बताइन् ।

‘तपाईँहरू जुनै कलेज पढ्नुहोस्, जुनै विषय पढ्नुहोस्, तर आफ्नो लक्ष्य नबिर्सिनुहोस्,’ प्रजिअ पाण्डेले भनिन्, ‘अहिलेका किशोरावस्थाका मानिसहरूमा धैर्यता र प्यासनको एकदमै कमी छ, मानिसले आफ्नो लक्ष्य पूरा गर्नका निम्ति धैर्यता र प्यासन हुन आवश्यक छ ।’

उनले अहिले किशोरावस्थामा छिट्टै पैसा कमाउनुपर्ने, पदमा पुगिहाल्नुपर्ने, अनैतिक सम्बन्ध राख्ने, मादक पदार्थ र लागूपदार्थ सेवन गर्ने जस्ता घटना बढिरहेकाले सचेत हुन समेत उनको आग्रह थियो ।

‘सुन्दर भविष्य रचना गर्न म को हुँ भन्ने जान्न आवश्यक छ । बोर्डिङले भित्र जस्तो भएपनि बाहिर राम्रो देखाउनुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘म २३ वर्षकै उमेरमा मास्टर डिग्रीका विद्यार्थीलाई पढाउँथे, आँफूले आफ्नो लक्ष्यलाई साथै राखेर हिँड्नुपर्छ ।’

आँफू एक परिवारको छोरी, श्रीमती, बुहारी र आमा भएपनि आफ्नो काममा कटिबद्ध भएको उनले सुनाइन् ।

कार्यक्रममा आकाश इन्सिच्युटका कार्यकारी सञ्चालक गोपाल निरौलाले शैक्षिक दायरा फराकिलो बनाउन आँफूहरूले शैक्षिक परामर्श दिइरहेको बताए ।

उच्च शिक्षा अध्ययन गर्दा कुन विषय र कुन ठाउँमा अध्ययन गर्ने भन्ने विषयमा अध्ययनका क्रममा प्रष्ट पारिएको उनले बताए ।

‘हामीले विकट ठाउँबाट आएका, शारीरिक अशक्त विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेर अध्यापन गराउँदै आएका छौँ,’ निरौलाले भने, ‘खासगरी हामीले नेपालमै अध्ययन गर्न चाहने वा विदेश गएर उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीलाई पनि अध्ययनमा सहजीकरण गर्दै आएका छौँ ।’

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेल, हिसान केन्द्रीय सदस्य बलराम पन्त, मुकुन्द घिमिरे, प्रदेश उपाध्यक्ष गणेश दुलाल, प्याब्सन सुनसरी उपाध्यक्ष नेलशल ढकाल, अनन्त सुवेदी, खेमराज बास्तोला, केशव खड्का लगायतका शिक्षाकर्मीहरूले बोलेका थिए ।

उनीहरूले इटहरी शैक्षिक हब बन्दै गएको र इटहरीले जुनसुकै विषय पढाउन पनि सक्षम भएको बताएका थिए । कार्यक्रम इन्स्टिच्युटका कमल तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Tags: आकाश इन्स्टिच्युटगोपाल निरौलाशैक्षिक परामर्श
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

by रासस
साउन २७, २०८३
0

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व...

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३
कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.