इटहरी : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा इटहरीको पुष्पलाल चौकमा कार्यक्रम गरिएको छ ।
पुष्पलाल श्रेष्ठ प्रतिष्ठान जिल्ला कमिटीले एक कार्यक्रमको आयोजना गरी श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरिएको हो ।
केशब बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित नेताहरूले श्रेष्ठको शालिकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तैयब हुसैनले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा कोसी प्रदेशसभा सदस्य रोहितबहादुर कार्की, रमेश बस्नेत, मीना श्रेष्ठ साथै पार्टी प्रदेश कमिटी सदस्य खेमराज पोखरेल, बद्रीविशाल पोखरेल, रामप्रसाद चौलागाईं, जिल्ला कमिटी उपसचिव राम कोइराला, सचिवालय सदस्य रेवती घिमिरे, इटहरी नगर कमिटी अध्यक्ष याम सुब्बा, सचिव रुपेश बस्नेत लगायतको उपस्थिति थियो ।












Discussion about this post