मोरङ : मोरङको धनपालथान गाउँपालिका ५ बबियामा माछा पोखरीबाट उद्दार गरिएका एकजना पुरुषको मृत्यु भएको छ ।
पोखरीमा हामफालेका धनपालथान ५ का ५७ वर्षीय अगमलाल सरदारको आइतबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
घरनजिकको पोखरीमा हामफालेका अगमलाललाई उद्दार गरेर उपचारका लागि रंगेली अस्पताल लगिएको थियो ।
गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।













Discussion about this post