इटहरी : कोसी प्रदेश सरकार गठनसम्बन्धी विवादमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेस गरेको रिटमाथि भएको बहसले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।
रिटमाथि मंगलबारदेखि पूर्ण इजलासमा सुनुवाइ हुनेछ।
कोसी प्र्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेको भन्दै एमालेले रिट दायर गरेको थियो ।















Discussion about this post