धरान : डेंगु संक्रमणका कारण धरान उपमहानगरपालिकामा सातजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चारजना महिला र तीनजना पुरुष रहेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।
धरानमा बुधबार पनि एकजना डेंगु संक्रमितको मृत्यु भएको छ। यसअघि डेंगु संक्रमित जेठ ३० गते धरान १७, असार १५ गते धरान ११, साउन २ गते धरान १८ र साउन ३ गते धरान ५ का एक–एक जना महिलाको मृत्यु भएको छ।
त्यस्तै, साउन २ गते धरान ११, साउन ७ धरान २ र साउन ८ गते धरान १० का एक पुरुषको मृत्यु भएको बताइएको छ ।
धरानमा डेंगु रोगको संक्रमणले महामारीको रुप लिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएर उपचार सुरु गरेको छ ।














Discussion about this post