विराटनगर : विराटनगर महानगरपालिका १६ बाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को ४ प ६५४२ नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका १८ का दिवस लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा लिम्बूले मोटरसाइकलको सिटमुनी लुकाईछिपाई राखेको अवस्थामा स्पास्मो प्रोक्सिबन ५ सय ७६ ट्याबलेट, नाईट्रोसन १ सय ट्याबलेट र डाईलेक्स डिसी २ बोतल लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
लागूऔषधसहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post