मोरङ : मोरङको बूढीगंगा गाउँपालिका ३ रमाइलो टोल स्थितमा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।
स्थानीय कृष्ण मगरका ३ वर्षीय छोरा कृष मगर आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पानीमा डुबिरहेको अवस्थामा उनको आमाले फेला पारी पोखरीबाट उद्दार तत्काल उपचारको लागि विराट टिचिङ अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post