झापा : झापामा एक करोड बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
मेची भन्सार कार्यालय काँकडभिट्टाबाट एक करोड एक लाख बराबरको हुक्काको फेबर, कोइला, कोललगायातका सामग्री प्रहरीले बरामद गरेको हो । शुक्रबार साँझ उक्त सामग्री लोड गरिराखेको ना २ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले मेची भन्सारमा राजश्व नतिरी निस्किएको विशेष सुराकीको आधारमा प्रहरीले सो कन्टेनर नियन्त्रणमा लिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले विशेष सुराकीका आधारमा चेकजाँच गर्न लाग्दा चालक भागेपछि प्रहरीले उक्त कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।
कन्टेनर फेला परेपनि सम्बन्धित व्यक्ति र कागजात कुनै फेला नपरेको प्रहरीले जनाएको छ । कन्टेनर कसरी बिना भन्सार बाहिर निकालियो यसबारे समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post