Monday, September 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तरहरा साइक्लिङको आयोजनामा ‘कोरा च्यालेन्ज’, पर्यटन प्रबर्द्धनका निम्ति साइक्लिस्टहरू एकै ठाउँ (तस्वीरहरूसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८०
in टाकुरा विशेष, भिजिट नेपाल, समाचार
0
तरहरा साइक्लिङको आयोजनामा ‘कोरा च्यालेन्ज’, पर्यटन प्रबर्द्धनका निम्ति साइक्लिस्टहरू एकै ठाउँ (तस्वीरहरूसहित)
315
SHARES
Share on FacebookShare on Twitter

तरहरा : शनिबार बिहान, इटहरी २० तरहरा चौकमा एक दुई गर्दै तीन सय बढी संख्यामा साइकलमा मानिसहरू भेला भए ।

केहीबेरमै स्थानीय झाँकी समेत प्रस्तुत गरियो । साकेलासँगै लाखे नाच पनि केहीबेर प्रस्तुत गरियो । साइक्लिस्टहरू भेला भएको केहीबेरमै आफ्नो गन्तव्यतर्फ मोडिए । स्थानीयबासीलाई भने केहीबेर रमिता जस्तै भयो । पूर्वदेखि पश्चिमसम्मका मानिसहरू समेत साइकलमा सवार थिए ।

तरहरा साइक्लिङ क्लबको आयोजनामा भएको‘कोरा च्यालेन्ज’मा पूर्वदेखि पश्चिमको निजगढसम्म हुँदै काठमाडौँदेखि समेत साइक्लिङका लागि मानिसहरू आएका थिए । स–साना बालबालिकादेखि पाका उमेर समूहका मानिसहरू पनि कोरा च्यालेन्जमा सहभागी भए ।

कोरा च्यालेन्जकै लागि काठमाडौँदेखि आएका नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले पर्यावरणको सौन्दर्यतासँगै पर्यटन प्रबद्र्धनमा साइक्लिङले कारण सहज हुने बताए । उनी प्रहरी अफिसर भएपनि सामान्य मानिसजसरी नै कोरा च्यालेन्जमा सहभागी भएर २६ किलोमिटरको यात्रा पूरा गरे ।

तरहरादेखि तालतलैया हुँदै इटहरीको श्रीकृष्ण प्रणामी मन्दिरदेखि इटहरी परिक्रमा गर्दै बक्लौरी हुँदै पुनः तरहराको तामाङ टोलमा आएपछि कोरा च्यालेन्जको समापन भएको थियो ।

‘साइकलमा हिँड्दा प्राकृतिक हावासँगै पर्यावरणलाई नजिकबाट नियाल्न पाइन्छ,’ एसएसपी शर्मा भन्छन्, ‘रुख, बिरुवा, चराचुरुङ्गी र स्थानीय ठाउँको पनि प्रबद्र्वन हुने भएकाले पनि साइक्लिङ गर्नु उपयुक्त हो ।’ शर्माले यसअघि साइकलकै माध्यमबाट मेची महाकाली यात्रा पूरा गरिसकेका छन् ।

‘मलाई ०४६ सालदेखि नै साइकलको शोक थियो, म सँगै मेरो छोराले पनि अहिले सँगै साइकल चलाउँदै आएका छन्,’ उनले भने, ‘छुट्टीको समयमा साइकलमै यात्रा गर्दा पनि आनन्द तुल्याउँछ ।’ उनले यसअघि कोसी प्रदेश ट्राफिक प्रहरीको प्रमुख भएर रहँदा साइकलबाटै अनुगमन र निरीक्षण गर्थे । उक्त कुराले चर्चा समेत पाएको थियो ।

शर्मा उदाहरणका पात्र मात्र हुन् ।

कोरा च्यालेन्जकै लागि बाराको निजगढबाट आएका ७१ वर्षीय नवीन निम्सिनाले घुम्ने योजनासहित साइक्लिङ गर्न आएको बताए ।

उनी ६ वर्षयता साइकल चलाउँदै आएका छन् । ‘साइकल चलाऔं, स्वस्थ रहुँ भन्ने उदेश्यसँगै मित्रता गाँस्नका लागि हामी निजगढबाट राति आइपुगेका हौँ,’ उनले भने, ‘साइकलको चेन गाँसिएजस्तै सम्बन्ध गाँसियोस् र पर्यटनको पनि विकास होस् भन्ने उदेश्यले आएका हौँ ।’

उनले साइकिलकै माध्यमबाट गाउँका कुना, कन्दरामा पुग्ने, त्यहाँको पर्यावरण र पर्यटनबारे बुझ्ने र रहनसहनमा घुलमिल हुने गरेको सुनाए । ‘हाम्रो लागि साइकल त फेमली मेम्बरजस्तै भइसक्यो,’ तिम्सिनाले भने ।

उनीसँगै निजगढबाट उत्सव रिसाल, प्रशान्त बुढाथोकी, विबोइसिंह मोक्तान, अजय कोर साइक्लिङका लागि आएका छन् । यहाँ आएको समयमा धरान, भेडेटार पनि साइकिलमै पुग्ने योजना रहेको उनीहरूले बताए ।

युवाहरू मात्रै नभई बालबालिकाहरूमा पनि पछिल्लो समय साइक्लिङको रुचि बढ्दै गएको छ ।

धरान ११ का ६ वर्षीय सङ्कीटनजंग केसीले पनि साइक्लिङ गरे । उनी सानै उमेर भएपनि आफ्नी आमासँग साइक्लिङमा आएका थिए ।

‘साइकल कुदाउन रहर लाग्छ, त्यहीभएर आज यहाँ आएको विदाको दिन पनि हो,’ उनले भने ।

तरहरा साइक्लिङ क्लबका अध्यक्ष शिवु रुम्दाली राईले अघिल्लो वर्षदेखि कोरा च्यालेन्ज आयोजना गर्दै आएको बताए । उनले सुनसरी, मोरङ, बारादेखि काठमाडौँसम्मबाट च्यालेन्जमा सहभागी हुन आएकाले खुशी व्यक्त गरे ।

‘हामीले पहिलो संस्करणमा १३ किलोमिटर यात्रा गरेका थियौँ, यसवर्ष २६ किलोमिटर यात्रा पूरा गरेका छौँ,’ राई भन्छन्, ‘इटहरी क्षेत्रमा भएको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार गर्ने र त्यसको प्रबद्र्वन गर्ने उदेश्यले गत वर्षदेखि यो किसिमको साइक्लिङ गराउँदै आएका छौँ ।’

उनका अनुसार च्यालेन्जमा सहभागी हुनेहरूले दुई सय रुपैयाँ तिरेर रजिष्ट्रेशन फर्म भर्नुपर्ने हुन्छ । जसबाट उठेको पैसाले गत वर्ष विपन्नलाई सहयोग गरिएको उनले बताए ।

‘यस वर्ष चैँ हामीले शिक्षा क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘पर्यावरणको सौन्दर्यता र पर्यटन प्रबद्र्वनका निम्ति कोरा साइक्लिङ च्यालेन्ज गरेका हौँ ।’

उनका अनुसार साइक्लिस्टहरूको समूह एकजुट भएको र सोही समूहभित्र रहेका साइक्लिस्टहरूले साइक्लिङमा सहभागी जनाएका थिए ।

उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेलगायत स्थानीय बुद्विजीवीहरूको उपस्थिति थियो ।

Tags: #पर्यटन#साइक्लिङटाकुरा विशेषतरहरा साइक्लिङप्रबर्द्धनशिवु रुम्दाली राईसञ्जीव शर्मा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
समाचार

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : सुनसरीमा विद्यालय परिसरमा राजनीतिक दलका आन्तरिक गतिविधि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलसहित विद्यालय र स्थानीय तहलाई...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ
समाचार

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा हावाहुरीले रुखको हाँगा भाँचिँदा लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु–६...

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

अशोज ५, २०८३
तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

अशोज ५, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

अशोज ५, २०८३
कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

अशोज ५, २०८३
तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    520 shares
    Share 208 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    304 shares
    Share 122 Tweet 76

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.