दमक : झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा निरौला र उनीसँगै रहेकी एक महिला मदिरामा लट्ठ रहेको देखिन्छ । निरौलासँगै टिकटकको लाइभमा बसेर महिलाले कसैसँग कुराकानी गरिरहेको देखिन्छ ।
भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । अहिले क्वाटरको रंगरोगन गरेर प्रमाण नष्ट गर्ने कोसिस भइरहेको छ ।
निरौलाले भने उक्त भिडियो काठमाडौँको भएको दाबी गरेका छन् ।
काठमाडौँमा जन्मदिन मनाउँदाको भिडियो भएको दाबी गर्दै उनले धेरै जना ग्रुपमा हुँदाको भिडियो कसरी बाहिरियो आफू पनि अचम्मित रहेको उनको जिकिर छ ।
दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे ।
उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए ।














Discussion about this post