मोरङ : मोरङका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित औषधिसहित चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ८ घर भएका २९ वर्षीय रामदेव चौधरीसहित चारजना छन् ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका चौधरीको साथबाट प्रहरीले लुपिजेसिक, एभिल, फेनारागन र डाइजोपाम गरी जम्मा १६ एम्पुल र नाईट्राभेट ८ ट्याब्लेट बरामद गरेको हो ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका ७ मा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको को ३९ प ११०३ नम्बरको मोटरसाइकलमा सवार केराबारी ६ का २४ वर्षीय प्रेम परियार, केराबारी १० का २४ वर्षीय विजय मगर र केराबारी ७ का २२ वर्षीय विजय सुन्दासलाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट स्पास्पेन ६२ पिस र ५७ पिस ट्रमाडोल फेला पारेसँगै प्रहरीले पक्राउ गरेको हो ।
सोधपुछ गर्ने क्रममा प्रेमको घरमा लागूऔषध लुकाई राखेको छ भन्ने खुल्न आएसँगै प्रहरी टोलीले ३ सय २० पिस स्पासपेन र ट्रमाडोल ३ सय ३० पिस बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post