मोरङ : मोरङको कटहरी गाउँपालिका ४ सुदा चोकस्थित सुखानी खोलामा डुबेर घाइते भएका एक बालकको सोमबार (आज) बिहान मृत्यु भएको छ ।
डुबेर घाइते भएका अजय साहका छोरा १० वर्षीय प्रेमकुमार साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार नुहाउन भनेर बिहान ६ः१० बजेतिर बालक खोलामा छिरेको खुलेको छ । उनी खोलामा डुबिरहेको जानकारी स्थानीयले प्रहरीलाई गराएका थिए ।
स्थानीयको सहयोग लिँदै प्रहरीले घाइते अवस्थामा खोलाबाट बालकको उद्धार गरेको थियो ।
डीएसपी दाहालका अनुसार उद्धार गरेर उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा बालकको मृत्यु भएको हो । घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post