उदयपुर : उदयपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
बुधबार राति करिब १० बजेतिर चौदण्डीगढी नगरपालिका ६, खत्रीटोलस्थितत भित्री सडकखण्डमा मदन भण्डारी राजमार्गबाट खत्रीटोलतर्फ आउँदै गरेको प्रदेश १–०५–०००१ प ८५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २३ वर्षीय दिप्सन मगरको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मगरलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनले मापसे गरी मोटरसाइकल चलाएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।











Discussion about this post