विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले शपथ ग्रहण गरेलगत्तै प्राजातान्त्रिक आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठ र कृष्णप्रसाद कोइरालाको अर्धकदको मूर्तिमा माल्यार्पण गरेका छन ।
पुष्पलाल श्रेष्ठ कम्युनिष्ट पार्टीको सूत्रधार तथा जन्मदाता हुन भने कृष्णप्रसाद कोइराला प्रजातन्त्र प्राप्तीका लागि राणाविरुद्ध आन्दोलन गर्ने कमान्डर हुन् । उनी वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी पनि हुन् ।
प्रदेश प्रमुख कार्यालय विराटनगरमा शपथ ग्रहण कार्यक्रम सकिएलगत्तै मुख्यमन्त्री थापाले बरगाछी चौकमा रहेको कृष्णप्रसाद कोइराला र पुष्पलाल चौकमा रहेको पुष्पलाल श्रेष्ठको अर्धकदको मूर्तिमा फूलमाला लगाएर माल्यार्पण गरेका हुन् ।
कोसी प्रदेशमा कांग्रेसले पहिलो पटक नेतृत्व लिएपछि मुख्यमन्त्री थापाले प्रजातान्त्रिक आन्दोलनका दुवै नेतालाई स्मरण गरे ।
प्रजातन्त्र ल्याउन दुवैको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै थापाले भने, ‘हाम्रो लागि दुवै नेता प्रति उच्च समान र सद्भाव छ।’












Discussion about this post