इलाम : जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार (आज) देखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ ।
पहिलो चरणमा पाँच सय थान परिचयपत्र वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
प्रशासनले परिचयपत्र लिन व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने जनाएको छ ।
‘फिङ्गर प्रिन्ट’ रुजु गर्न अनिवार्य र पिन नम्बर पनि रहेकाले परिचयपत्र लिने व्यक्तिलाई आफैं उपस्थित हुनुपर्ने पोखरलले बताए । यसअघि जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएकाहरूको परिचयपत्र वितरण गरिने जनाइएको छ ।
कार्यालयमा एक हजार सात सय ७९ वटा परिचयपत्र आएको भएपनि सुरुमा पाँच सय थान वितरणको तयारी गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।














Discussion about this post