इटहरी : इटहरीका एक बालकको सिमसारमा डुबेर मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचास्थित हसिना सिमसारमा डुबेर शुक्रबार दिउँसो बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ३ घर भएका १६ वर्षीय अभिनन्दन आचार्य रहेका छन् । उनलाई सुन्दरहरैँचा नगरपालिका ५ स्थित हसिया सिमसारमा डुबेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
साथीहरूसँग सिमसार घुम्न गएका आचार्य दिउँसो ३ः१५ बजेतिर पौडी खेल्न भनेर बाँधको पानीमा छिरेको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा दहबाट बाहिर निस्कन नसक्दा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले शवलाई दहबाट बाहिर निकालेर पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
















Discussion about this post