इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा विकास केसी चयन भएका छन् ।
शनिबार भएको निर्वाचनमा १३ जना निर्वाचित भएका थिए । उनीहरूलाई सोमबार (आज) क्याम्पस परिसरमा पदस्थापन कार्यक्रम राखिएको छ ।
पदस्थापन लगत्तै बसेको सञ्चालक समितिको बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । निर्वाचितमध्येका जेष्ठ दिनेशकुमार भट्टराईको अध्यक्षतामा बसेको बैठकले उनलाई अध्यक्षमा चयन भएको गरेको हो ।
अध्यक्षमा चयन भएपछि केसीले सबैको सल्लाहमा काम गर्ने बताए । क्याम्पसको शैक्षिक स्तरको स्तरोन्नतिसँगै क्याम्पसको उन्नयनमा काम गर्ने उनको भनाइ छ ।
बाँकी पदाधिकारी पछि मनोनीत गरिने बताइएको छ ।



















Discussion about this post