उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका २ मदन भण्डारी राजमार्ग स्थितमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।
सोमबार राति ८ बजेतिर गाईघाटबाट कटारीतर्फ जाँदै गरेको प्र २–०१–००३ प ९१११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकलमा पछाडि सवार सर्लाहीका ४५ वर्षीय रमेश सुवेदीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुर गाईघाटमा मृत्यु भएको हो ।
घटनामा संलग्न मोटरसाइकल चालक सप्तरीका ४५ वर्षीय उपेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post